birat ribon

भारतबाट लुकेर विराटनगर : आरडिटी पोजिटिभ, दुईपटक पीसीआर गर्दा नेगेटिभ

Neuro
भारतबाट लुकेर विराटनगर : आरडिटी पोजिटिभ, दुईपटक पीसीआर गर्दा नेगेटिभ

विराटनगर, १ जेठ । लकडाउनको समयमा भारतबाट लुकेर विराटनगर प्रवेश गरेका एक युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भारतको पटनाबाट लुकेर केही दिनअघि घर फर्किएका विराटनगर–९ का २८ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

cura insider

ती युवकमा ¥यापीड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना पोजिटिभ देखिएको थियो । सोमबार आरडिटी पोजेटिभ देखिएपछि उनको दुई स्थानमा थ्रोट स्वाब परीक्षण गरिएको थियो ।

कोशी अस्पताल र प्रदेश ल्याबमा परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । चोरबाटो हुँदै घर आएका युवकको आफन्तको नमूना बुधबार संकलन गरिएको छ ।

बुधबार आरडिटी पोजेटिभ देखिएका युवकको आफन्तसँगै अन्य १७ जनाको नमूना संकलन गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

jackson ribon