birat ribon

भक्तपुरमा कोरोना संक्रमित युवतीको साथीको रिपोर्ट ‘नेगेटिभ’

Neuro
भक्तपुरमा कोरोना संक्रमित युवतीको साथीको रिपोर्ट ‘नेगेटिभ’

भक्तपुर, १ जेठ । भक्तपुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी सुनसरी, झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

Padelux insider
cura insider

मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसुलेसन वार्डमा राखी स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले जानकारी दिइन् ।

यसबाट केही सहज महशूस भए पनि संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने र उनको एक हप्ताभित्र पुनः स्वाब परीक्षण गरिने डा.गौतमले बताइन् ।

सङ्क्रमित युवती सुनसरीबाट नयाँ थिमीमा डेरा गरी बस्ने साथीकोमा आएर बसेकी थिइन् ।

jackson ribon