यस्तो बन्यो निकिता अभिनित ‘रानीमहल’ को फर्स्ट लुक

विराटनगर, १ जेठ । फिल्म ‘रानीमहल’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

लकडाउनको बेलामा लामो समय अघिदेखि रोकिएको फिल्म ‘रानीमहल’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरू पूर्वमिस नेपाल निकिता चांडक, प्रितम राज सेन्चुरी, साहिल श्रेष्ठ र मानस्वी खरेललाई देख्न सकिन्छ ।

हिमाल न्यौपाने निर्देशनमा बन्दै गरेको फिल्मको करिब २० प्रतिशत मात्र छायांकन भएपछि काम रोकिएको थियो ।

छायांकन नसकिदा फिल्मको बजेटनै सकिएपछि निर्माण व्यवस्थापक र निर्माताबीच मनमुटाव भएको कारणले रोकिएको फिल्म लामो समय भइसक्दा पनि छायांकन सुचारू भएको छैन ।

१५ मेमा फिल्मको टिजर सार्वजनिक हुने भएको छ । फिल्ममा यी चार कलाकारका अलावा नीर शाह, बीएस राणा, अर्जुनजंग शाही, दीपक क्षेत्री, सुष्मिता केसी, रश्मि भट्ट, आरपी पन्त, विष्णु सापकोटा, भोला शाहलगायतको अभिनय छ ।

विमल भुसालले निर्माण गरेको फिल्ममा दीपक पौडेलको पटकथा तथा संवाद, निरज कंडेलको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । 

Loading...