शेयर बजार १५ जेठ सम्म फेरि बन्द

काठमाण्डौ , १ जेठ । लकडाउनमा कडाई भएसँगै बिहीबार देखि शेयर कारोबार १५ जेठ सम्म बन्द भएको छ । ..

सरकारको निर्देशनमा नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको छ ।

एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ ।

सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशत सम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो ।

मंगलबार र बुधबार कारोबार भए पनि पन बोर्डको निर्देशन आएकोले १ जेठदेखी बजार बन्द भएको हो । कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निर्धारित समय अघि नै बन्द भएको थियो ।

दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो । तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो ।

दुई दिन सम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ ।

Loading...