नेपाली, तामा र नेवारी भाषामा हरर फिल्म ‘आक्रान्त’ (भिडियोसहित)

विराटनगर, १ जेठ । छोटो हरर फिल्म युट्युबमा सार्वजनिक भएको छ । हरर फिल्म ‘आक्रान्त’ ३ भाषामा फरक फरक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

नेपाली, तामाङ र नेवारी गरी तीन भाषामा रिलिज हुने फिल्म १५ मिनेटको रहेको छ ।

लकडाउनकै परिवेशमा बनेको फिल्ममा हरिकृष्ण शाही, नेहा अवाले र कोहिनुर राजोपाध्यायको अभिनय रहेको छ।

फिल्मको निर्माण सामाजिक दूरी कायम गरेर गरिएको हो । फिल्मको सबै दृश्यहरू एउटै घरमा छायांकन गरिएको हो ।

जितेन्द्र राजोपाध्याय निर्देशित फिल्मलाई नेपाली र तामाङ भाषामा आइसकेको छ भने नेवारी भाषामा भने बिहिबार साँझ रिलिज गरिने भएको छ ।

जयन कुमार मोक्तानको छायांकन रहेको फिल्मको कथा र सम्पादन निर्देशक राजोपाध्यायले नै गरेका हुन् ।

Loading...