काठमाण्डौमा लकडाउन पालनामा कडाई

काठमाण्डौ , १ जेठ । देशमा कोरोना भाइरस संक्रमितहरुको सँख्या हवात्तै बढन थालेपछि सरकारले लकडाउनलाई विहिबारदेखी लकडाउन पालनमा कडाई गर्न थालेको छ ।

लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढेको भन्दै सरकारले कोरोना भाइरस संक्रमण रोक्न लकडाउनलाई कडाइसाथ लागू गराउन थालेको हो ।

लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबार देखि सवारी साधन सञ्चालनमा केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो ।

तर एकाएक देशमा संक्रमितहरुको सँख्या बढन थालेपछि सुरक्षाकर्मीहरुले चेकजाँचमा कडाई गर्न थालेका छन ।

सरकारले एकदेखी अर्को जिल्ला जान पुर्ण बन्देज गरेको छ । यसैगरि दिइएका सबै सवारी पासहरु पनि रद्द गराएको छ ।

लकडाउनमा अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँचपछि मात्र छाडिने गरेका छन ।

११ चैत कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गराएको हो ।
नेपालमा बिहिबार सम्म २ सय ४६ जनामा कोरोना भाइरस संक्रमित फेला परिसकेका छन । जसमध्ये ३५ जना निको भएका छन । २ सय ४५ जना अझै आइसोलेसनमा छन् ।

अहिले सम्म नेपालमा बिभिन्न जिल्लामा गरि २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ । ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । हाल देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन्

Loading...