लामो लकडाउनले मानव सेवा आश्रमलाई आर्थिक भय

बबिता लिम्बू

विराटनगर, १ जेठ । विराटनगर–१० स्थित अरनीको मार्गमा रहेको मानवसेवाआश्रम कोरोना भाइरस संक्रमण रोकथामकालागि भैरहेको लामो लकडाउनले आर्थिक समस्या पर्ने भयमा छ ।

चैत ११ देखी कोरोना भाइरस संक्रमण रोकथामकालागि देशमा भैरहेको लकडाउनले दिनहिनहरुलाई संरक्षण गरिरहेको मानव सेवा आश्रमलाई आर्थिक समस्या आउलाकी भन्ने भय हुन थालेको हो ।

हालसम्म दाताहरुले सहयोग गरिरहेकोले कुर्नै समस्या नभएपनि लकडन बढेमा आश्रममा सहयोग गर्न दयालु दाताहरु न्आउलान की भन्ने भय बढेको स्वयंसेवक केसी बताउँछन ।

समान्य अवस्थामा ‘भोको पेटलाई भोजनसेवा, सर्वोत्कृष्ट मानवसेवा’अभियानमा सहयोग गर्न मानिशहरु आश्रममा आएर जन्मदिन विवाहको वर्षगाँठ मनाउन आउने गर्दथे ।


त्यो बेला उनीहरु आश्रमका दिनदुखीलाई खाना खुवाउने र केही आर्थिक सहयोग पनि गर्ने गर्दथे । तर लकडाउने गर्दा दयालुहरु आउन छाडेका छन ।

हाल आश्रमले सहयोगी दाताहरुलाई फोन मार्फत आग्रह गरेर आश्रमको साँझ बिहानको गर्जो टारिरहको छ । आश्रममा ३५ वृद्धवृद्धा र दुई नाबालकहरु संरक्षण लिइरहेका छन ।

उनीहरुलाई बिहान चिया नास्ता , दिउँसो र साँझ आश्रमले निशुल्क खाना खुवाउने गरेको छ ।

यस्तै उनीहरुलाई लत्ताकपडा लगाइदिने , धोइदिने काम पनि आश्रमले नै गर्ने गरेको छ ।

आश्रममका स्वंसेवक केसी भन्छन , ‘लकडाउन अझै भैरयो भनेचाँही आश्रममा साँच्चै आर्थिक संकट आउने छ ।’,

Loading...