ट्रक र बस एक आपसमा ठोक्किँदा घर फर्किँदै गरेका ८ मजदूरको ज्यान गयो

गुना, मध्य प्रदेश, १ जेठ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका ती व्यक्तिहरू आप्रवासी मजदूर भएका जनाइएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ ।

गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस घटनामा ज्यान गुमाएकाहरू महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नो घर फर्किँदै गरेका जनाइएको छ । यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ । रासस

Loading...