उपचाररत ६ वर्षीया बालिका संक्रमित भएपछि शिक्षण अस्पतालमा संक्रमण वार्ड सिल गर्ने तयारी

काठमाडाैं, १ जेठ । उपचार गराइरहेकी एक बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा संक्रमण वार्ड सिल गर्ने तयारी गरिएको छ ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको शिक्षण अस्पतालका चिकित्सक प्रेम खड्काले बताए ।

Loading...