बृन्दाबनमा एक सय नेपाली पुरोहितहरु नेपाल फर्कने आशमा

विराटनगर ( भृकुटी चौक) , १ जेठ । लकडाउनले गर्दा कर्मकाण्ड शिक्षा पढन भारतको बृन्दाबन गएका दजनौ नेपाली पुरोहितहरु नेपाल फर्कने आशमा छन ।

छ महिना अगाडी कर्मकाण्ड शिक्षा अध्यन गर्न वृन्दावन पुगेका धनकुटाका कौशल दाहाल र उनका ४ जना साथीहरुसँगै बिभिन्न जिल्लाका दजनौ पण्डितहरु लकडाउनले गर्दा बृन्दाबनमै फसेपछि नेपाल फर्कन पाउने आशमा बसेका हुन ।

वृन्दाबनमा डेरा लिएर बस्दै आएका उनीहरु जस्तै नेपालका बिभिन्न जिल्लाका एक सय बढी विद्यार्थीहरु रहेको र खर्च अभावले गर्दा सबै आत्तिरहेको बृन्दाबनबाट अनलाइन मार्फत कौशल दाहालले बताए ।

लकडाउनले बृन्दाबनको सबै गुरुकुल बन्द छन । नेपाली पण्डितहरुले घरबाट लगेको पैसा पनि सकिइसकेको छ । यसैले गुजारा चलाउन मुश्किल परिरहेको उनीहरुले बताएका छन ।

लकडाउनमा छिमेकमा रहेका एक सन्तले उनीहरुलाई खाध्यान्न सहयोग गरिरहेका छन । तर निम्न वर्गका नेपाली बिद्यार्थीहरुलाई भने गुजारा चलाउन झन साह्रो भैरहेको छ ।

उनीहरुलाई बिदेशी भनेर स्थानिय सरकारले राहत पनि दिएको छैन ।

कौशलका अनुसार बृन्दाबनमा रहेका दजनौ नेपाली बिद्यार्थीहरु देश फर्कन चाहन्छन । उनीहरुले यातायातको व्यावस्था गराएर आफना बिद्यार्थीहरुलाई नेपाल ल्याउन सहयोग गरिदिन सरकारसँग आग्रह पनि गरेका छन ।

नेपाल फर्केर स्वास्थ्य जाँच गराई क्वारेन्टाइनमा बस्न तैयार रहेको उनीहरुले प्रतिबद्धता गरेका छन ।

Loading...