६ महिनामा भारतमा ३ लाख र नेपालमा ४ हजार बच्चाको मृत्यु हुनसक्छ: युनिसेफ

एजेन्सी, १ जेठ । कोरोना भाइरस संक्रमणको कारण सबै देशहरूमा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

हाल कोभिड १९ बाट संक्रमित बिरामीहरूको उपचार गर्न अधिकांश स्रोतहरू प्रयोग भइरहेको कारण स्वास्थ्य सुविधाहरूमा अभाव भएको हो ।

यस्तो अवस्थामा पर्याप्त स्वास्थ्य सुविधाहरूको अभावले बच्चाको स्वास्थ्यलाई असर गरेर गम्भीर परिणामहरू निम्त्याउन सक्छन् ।

युनिसेफ (संयुक्त राष्ट्र बालबालिका आपतकालीन कोष) छ महिनामा भारतमा ५ बर्ष भन्दा मुनिका ३ लाख बच्चाहरूको मृत्यु हुन सक्ने आशंका जताएको छ ।

बाल मृत्युको तथ्यांक कोभिड १९को कारणले हुने मृत्युभन्दा फरक हुने छ ।

युनिसेफका अनुसार सम्पूर्ण दक्षिण एशियामा पाँच वर्षमुनिका बच्चाहरूको मृत्यु हुने संख्या चार लाख ४० हजारसम्म पुग्न सक्छ ।

धेरैजसो मृत्यु भारतमा भएको अनुमान गरिएको छ । भारतपछि पाकिस्तानमा मर्नेहरूको संख्या सबैभन्दा बढी अनुमान गरिएको छ ।

पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानिस्तानमा १३ हजार र नेपालमा चार हजार बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।

दक्षिण एसिया युनिसेफका क्षेत्रीय निर्देशक जीन गाफ दशकमा पहिलो पटक ५ वर्षमुनिका बच्चाहरू मर्नेहरूको संख्या बढ्दो हुँदा डर रहेको बताउँछन् ।

दक्षिण एशियामा आमाहरू, गर्भवती महिला र बच्चाहरूलाई बचाउन आवश्यक छ ।

महामारीको विरुद्ध लड्न महत्त्वपूर्ण भएपनि बीचमा मातृ र शिशुको मृत्युको दशकौंको सुधार गुमाउन नसक्ने उनी बताउँछन् ।

Loading...