Rumpum

Rumpum Advertisement

भारतद्धारा पुनः पाम आयल आयातमा प्रतिवन्ध

भारतद्धारा पुनः पाम आयल आयातमा प्रतिवन्ध

विराटनगर, १ जेठ । भारतले नेपाल र बंगलादेशबाट पाम तेल निर्यातमा पुनः प्रतिबन्ध लगाएको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले सोमबार सूचना प्रकाशित गर्दै दुई देशबाट आयात गरिने पाम तेलमा रोक लगाइएको जनाएको हो ।

साफ्टा सुविधा अन्तर्गत नेपाल र बंगलादेशबाट ठूलो परिमाणको प्रशोधित पाम तेलमा भारत निर्यात हुँदै आएको थियो ।

विभिन्न मुलुकबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधनपछि पाम तेल भारत पठाइन्छ ।

गत माघ २४ पछि भारतमा पाम तेल पैठारीका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरिएको महानिर्देशनालयले जनाएको छ ।

भारतीय बजारमा पाम आयल प्रशस्त मात्रामा रहेकाले आयात रोक्न परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।