अफगानिस्तानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या २४ पुग्यो

अफगानस्तान, ३१ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा बन्दुकधारीले मंगलबार अस्पतालमा अन्धधुन्ध गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

हमलामा मंगलबार नै दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको थियो । बुधबारसम्म २४ जनाको मृत्यु भएको अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिद अहमदले बताए ।

स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिदले आक्रमणमा परी थप १६ जना घाइते भएको जानकारी दिए ।

अफगानिस्तानमा सुरक्षासम्बन्धी अधिकारीहरूले सुरूमा त्यहाँ शृंखलाबद्ध रुपमा बम विस्फोटन भएको र त्यस बम हमलामापछि बन्दुकबाट पनि आक्रमण गरिएको उल्लेख गरेका छन् ।

त्यस अस्पतालमा सो समयमा चिकित्सक र नर्ससहित १ सय ४० जना कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ । त्यस अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले त्यसबेला अस्पतालमा विरामीहरु पनि रहेको जानकारी दिएका छन् ।

त्यस अस्पतालको प्रसुती गृह एक अन्तराष्ट्रिय परोपकारी संस्थाले सञ्चालन गरिरहेको बताइएको छ । विदेशी संस्थाले सञ्चालन गर्दै आएको हुनाले त्यस अस्पतालमा तालिबानले हमला गरेको हुनसक्ने बताइएको छ ।

Loading...