स्वस्थ्यकर्मीको मनोबल उच्च बनाउन माग

रंगेली ३१ वैशाख । अखिलनेपाल प्रगतिशिल जनस्वस्थ्यकर्मी महासंघ प्रदेश १ ले स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइ राख्न आग्रह गरेको छ ।

विश्व नर्स दिवसको सन्दर्भमा संघले महामारीको समयमा फ्रन्टलाइमा खटने नर्सहरुलाई अतिरिक्त पारिश्रमीक र पार्याप्त सुरक्षाका सम्पुर्ण समाग्री उपलब्ध गराएर मनोबल उच्च बनाइ राख्न माग गरेको हो ।

कोभिड १९ को नियन्त्रण,रोकथाम र उपचारमा संलग्न नर्स तथा स्वस्थ्यकर्मीको मनोबल उच्च राख्न अति आवश्यक छ , अखिल नेपाल प्रगतिशिल जनस्वस्थ्यकर्मी महासंघ प्रदेश १ कमिटी इन्र्चाज अन्जना पोखरेलले बताईन ।

फ्लोरेन्सर नाइटिङगलको जन्मदिनको अवसरमा १२ मईका दिन विश्व नर्स दिवस मनाइदै आएको छ ।

Loading...