Rumpum

Rumpum Advertisement

दार्चुलाको थाङरुमा सशस्त्रको बीओपी स्थापना

दार्चुलाको थाङरुमा सशस्त्रको बीओपी स्थापना

काठमाडौं , ३१ बैशाख । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि दार्चुलाको थारुङमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना भएकाे छ । दार्चुलाको ब्यास गाउँपालिका– १ थाङरुमा बीओपी स्थापना भएको हो ।

दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली खटिएको छ ।

बीओपीका लागि आवश्यक बन्दोबस्तीको सामन र फौज बुधबार नेपाली सेनाको एमआई– १७ हेलिकप्टर खलंगाबाट थाङरु पूर्याएको थियो ।