राष्ट्रियताको पक्षमा सत्ता र प्रतिपक्ष बिभाजित हुनुहुदैन

विराटनगर, ३१ वैशाख । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले राष्ट्रियताको पक्षमा सत्ता र प्रतिपक्ष विवादित हुन नहुने बताएका छन । ।

बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरागर्दै नेता कोइरालाले भारतले भूमी अतिक्रमण गरेको बिषय राष्ट्रिय समस्या भएकोले प्रमुख पतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा विभाजित हुनुदैन भनेका हुन ।

उनले बेग्लाबेग्लै संकल्प प्रस्ताव पेश गर्दा समस्या समाधान हुन नसक्ने भन्दै राष्ट्रियताको विषयमा सत्ता र प्रतिपक्ष एक भएर संसदमा संयुक्त्त संकल्प प्रस्ताव पेश गर्दै सबै एक भएर सीमा विवाद समाधान गर्नेतर्फ लाग्नुपर्छ भनेका छन ।

उनले लामो समयदेखि विवादमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समस्या अब सबै दलहरुले एकता बनाएर निष्कर्षमा पुरयाने बेला आइसकेको बताए ।

समाधानकालागि भारत र चीनसबैसँग संयुक्त्त बार्ता गर्नुपर्ने उनको धारणा छ । ‘संसदबाट पारित संकल्प प्रस्तावसहित सुगौली सन्धिदेखि हालसम्मका सन्धि सम्झौताका साथै सबै किसिमका प्रमाणका आधारमा वार्तामा बसेर निष्कर्षमा पुग्नुपर्छ’ , कोइरालाले भने ।

नेता कोइरालाले लामो लडकाउनले गर्दा गरिबहरु मारमा परेकोले वडा स्तरमा संयन्त्र बनाएर राहत वितरण गर्नु उचित हुने बताएका छन ।

Loading...