कार्बोनेटेड ड्रिंकको सेवनले मृगौलामा समस्या निम्त्याउँछ

विराटनगर, ३१ वैशाख । धेरै व्यक्तिहरू सोडा तथा विभिन्न कार्बोनेटेड ड्रिंकहरू पिउन मन पराउँछन् ।

अझ गर्मीको मौसममा यस्ता सोडाहरू उच्च मात्राको सेवन गरिन्छ । तर, यस्ता पेय पदार्थहरूले केही समयको लागि शरीरमा शीतलताप्रदान गरेपनि स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

अध्ययनहरूले सोडाले विशेष गरी हाम्रो मिर्गौलामा बढी असर गर्छ भनेर देखाएको छ जुन चिन्ताको मुख्य कारण बनेको छ ।

सोडा कार्बोनेटेड पानी, चिनी, फ्रुक्टोज, मकै सिरप र रसायनको मिश्रणबाट बनाइएको हुन्छ ।

थप रूपमा, सोडामा फस्फोरिक एसिडको उच्च मात्रा हुन्छ, जसले पिसाबलाई रूपान्तरण गरेर मृगौलामा पत्थरीको जोखिम बढाउँछ ।

सोडा पिउनेहरूमा किड्नी स्टोन हुने सम्भावना ३३ प्रतिशत बढी हुन्छ ।

सोडा पिउँदा मिर्गौलामा समस्या उत्पन्न हुन्छ, जसले गर्दा मिर्गौलाले बिस्तारै काम गर्न छोड्छ र अन्ततः मृगौला फेल हुन्छ ।

हरेक दिन दुई वा बढी गिलास कार्बोनेटेड ड्रिंकको सेवन गर्दा गम्भीर प्रकारको मिर्गौला रोग हुन सक्छ ।

सोडामा हुने कृत्रिम स्वीटनरहरूले महिलामा बढी मिर्गौला सम्बन्धित रोग निम्त्याउँछन् ।

सोडाको कृत्रिम चिनीले महिलामा मिर्गौला डिसफंक्शन निम्त्याउन सक्छ ।

दैनिक दुई वा सोभन्दा धेरै सोडाको सेवन गर्नाले किड्नीको काम गर्ने क्षमतालाई दुई गुणा घटाउने जोखिम बढ्छ ।

Loading...