रुसमा दैनिक १० हजार बढी संक्रमित थपिँदै

एजेन्सी, ३१ वैशाख । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण रुसमा केही सातादेखि संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार बढीमा संक्रमण देखा परेसँगै रुस अहिले कोरोना प्रभावितको सूचिमा तेस्रो नम्बरमा रहेको छ ।

यसै क्रममा संक्रमितको संख्या बढ्दै गएमा रुस कोरोना प्रभावित देशको सूचिमा दोस्रो नम्बरमा पुग्न धेरै समय लाग्ने देखिँदैन ।

अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार हाल विश्वको तेस्रो धेरै कोरोना प्रभावित मुलुक बन्दै गरेको रुसमा पछिल्लो २४ घण्टामा १० हजार २८ नयाँ संक्रमितहरू रेकर्ड गरिएको छ ।

एक सातादेखि रुसमा लगातार १० हजार बढी संक्रमितहरू रेकर्ड भइरहेका छन् भने मृत्यु हुनेको संख्यामा घटबढ भइरहेको छ ।

आज नयाँ संक्रमित थपिएसँगै रुसमा २ लाख ४२ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

परीक्षणको दायरा बढाएसँगै रुसमा नयाँ सङ्क्रमितको सङख्या बढ्ने क्रम अझै जारी नै छ ।

ती संक्रमितमध्ये आज मात्र ९६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ भने ४८ हजार ३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Loading...