भारतीय कलाकार साईको निधन

एजेन्सी, ३१ वैशाख । हिट फिल्म ‘पीके’ मा अभिनय गरेका अभिनेता साई गुंडेवारको निधन भएको छ ।

ब्रेन क्यानसरको उपचारका लागि गत वर्ष अमेरिका गएका ४२ वर्षको उमेरका साईको मंगलबार अमेरिकामा निधन भएको हो ।

उनी आमिरको ‘पीके’ (२०१४) का साथै सैफ अलि खानको ‘बाजार’(२०१८) र ‘रक अन’, सलमानको ‘युवराज’ लगायतका बलिउड फिल्महरूका लागि परिचित थिए ।

श्रद्धाञ्जलि दिँदै महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनको निधनले भारतीय चलचित्र क्षेत्रले एक प्रतिभाशाली कलाकारलाई गुमाएको बताएका छन् ।

एमटीभीबाट प्रसारण हुने चर्चित रियालिटी सोमध्ये एक ‘स्प्रिल्टसभिल्ला’ बाट सन् २०१०मा चर्चामा आएका उनले हिन्दी भर्जनका थुप्रै अमेरिकन रियालिटी सोमा पनि भाग लिएका छन् ।

साथै उनले केही व्यावसायिक विज्ञापनहरूमा पनि काम गरेका थिए ।

Loading...