बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या युरोपकै सबैभन्दा धेरै

एजेन्सी, ३१ वैशाख । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या युरोपकै सबैभन्दा धेरै रहेको छ ।

अमेरिकापछि युकेमा मृत्यु हुनेको संख्या धेरै रहेको हो । यूकेभरि कोरोना भाइरसबाट ३२ हजार ६ सय ९२ जना व्यक्तिको ज्यान गएको हो ।

यसअघि युरोपमा सबैभन्दा उच्च मृतकको सङ्ख्या इटलीमा थियो । तथ्यांकअनुसार इटालीमा कोरोना भाइरसबाट ३० हजार ९ सय ११ जनाको मृत्यु भएको हो ।

ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको देखिन्छ ।

तथ्यांकले ब्रिटेन महामारीबाट नराम्ररी प्रभावित भएको देखिन्छ ।

तर, अमेरिकाको जनसङ्ख्याको आकार युकेकोभन्दा ५ प्रतिशतले ठूलो भएको कारणले जनसङ्ख्याका आधारमा मृतकको सङ्ख्या गणना गर्दा ब्रिटेन अझै नराम्रो स्थितिमा रहेको देखिन्छ ।

Loading...