चोक चोकमा गएर खाना खुवाउँदै पल शाह

विराटनगर, ३१ वैशाख । केही साताअघि अभिनेता पल शाहले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र प्राविधिकहरूलाई आफैंले भेटेर उनले पाँच लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

साथै, केही दिनअघि साँखुमा रहेको एक आश्रममा पुगेर पलले त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका थिए ।

कोरोना सङ्क्रमणको जोखिमका कारण भएको लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको बेला पलले फेरि पनि सहयोगको हात अघि बढाएका छन् ।

उनले मंगलबारका दिन भक्तपुरको सानो ठिमी चोक, भक्तपुर क्यान्सर अस्पताल र सूर्यविनायक चोकमा रहेका मानिसहरुलाई खाना खुवाएका छन् ।

मानव सेवा आश्रमसँग मिलेर उनले यो काम गरेका हुन् ।

पलले खाना खुवाउन पाउँदा अति नै खुशी लागेको बताएका छन् ।

लकडाउनको बेलामा पनि सामाजिक कामलाई निरन्तरता दिइरहेका पलको सवैतिरबाट प्रशंसा भइरहेको छ । 

Loading...