स्वस्थ्यकर्मीको मनोबल उच्च बनाउन माग

रंगेली ३१ वैशाख । अहिलेको परिस्थितिमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न अतिरिक्त पारिश्रमिक र सुरक्षाका सम्पूर्ण समाग्री उपलब्ध गराउन अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ प्रदेश १ ले माग गरेको छ ।

कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारमा संलग्न नर्स तथा स्वस्थ्यकर्मीको मनोबल उच्च राख्न विश्व नर्स दिवसको अवसरमा महासंघले माग गरेको हो ।

फ्लोरेन्सर नाइटिङ्गलको जन्मदिनको अवसरमा मनाइन विश्व नर्स दिवस प्रत्येक वर्ष मनाइन्छ । अहिलेको महामारीको समयमा अग्रपंक्तिमा रहेर सेवा गरिरहेका नर्सहरूको मनोबल उच्च राख्न आवश्यक सेवा सुविधा उपलब्ध गराउनु पर्ने अखिल नेपाल प्रगतिशील जनस्वस्थ्यकर्मी महासंघ प्रदेश १ कमिटी इन्चार्ज अञ्जना पोखरेलले बताइन् ।

Loading...