विश्वभर कोरोना संक्रमितमध्ये ९८ प्रतिशतको स्वास्थ्य सामान्य

एजेन्सी, ३१ वैशाख । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितमध्ये ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

हाल विश्वभर संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।

विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएसँगै कोरोनाका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वा्धिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।

Loading...