ट्वीटर कर्मचारीहरू सँधै घरबाट काम गर्न सक्ने

एजेन्सी, ३१ वैशाख । ट्वीटरले आफ्नो कर्मचारीहरूले चाहे उनीहरूले सदाका लागि घरबाट काम गर्न सक्ने छन् ।

काम अहिलेसम्म राम्रोसँग चलिरहेको कारणले ट्वीटरले आफ्ना स्टाफलाई घरबाट काम जारी राख्न अनुमति दिएको हो ।

ट्वीटरका सीईओ ज्याक डोर्सीले आफ्ना कर्मचारीहरूलाई एक ईमेलमा उल्लेख गरिएअनुसार विगत केही महिनाले घरबाट सफलतापूर्वक काम गर्न सक्दछौं भनेर प्रमाणित गरेको कारण यदि स्टाफहरू आफ्नो पोष्टहरू र कामअनुसार सदाका लागि घरबाट काम गर्न सक्ने अनुमति दिएको छ ।

कम्पनीका लगभग ५ हजार कर्मचारीहरू मार्चको सुरुदेखि घरबाट काम गरिरहेका छन् ।

सदाका लागि घरबाट काम गर्न नसक्ने कर्मचारीहरूका लागि अफिस यस वर्षको अन्तमा खोलिने बताइएको छ ।

ट्वीटरको मुख्यालय स्यान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिकामा छ ।

ट्वीटरका नयाँ दिल्ली, लन्डन र सिंगापुरलगायत विश्वभरि ३५ ओटा अफिस छन् ।

फेसबुक र गुगल जस्ता कम्पनीहरूले पनि आफ्ना धेरै कामदारहरूलाई वर्षौंसम्म घरबाट काम गर्नका लागि अनुमति दिएको छ ।

Loading...