सिमानामा काँडेतार लगाउन राष्ट्रियसभा सांसदहरुको माग

काठमाण्डौ , ३१ बैसाख । राष्ट्रियसभा सांसदहरुले नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउन माग गरेका छन ।

सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको भन्दै बुधबारको बैठकमा बोल्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।

सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताइन । उनलदे

लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको बताइन ।

सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाइन ।

सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति बिरोध गर्दे सीमा क्षेत्रमा काँडेतार लगाउन यहि आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन ।

सांसद तारादेवी भट्टले दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन ।

Loading...