कोरोनाको खोप प्रभावकारी हुन्छ भन्ने ग्यारेन्टी छैन : डा. एन्थोनी फाउची

एजेन्सी, ३१ वैशाख । अमेरिकाका संक्रामक रोग विशेषक्ष डा. एन्थोनी फाउचीले कोरोना नियन्त्रणका लागि खोपको विकास गर्ने प्रयास भइरहेको भएपनि यो खोप प्रभावकारी हुन्छ अथवा हुँदैन कुनै ग्यारेन्टी नरहेको बताएका छन् ।

तर, उनले अन्य भाइरसहरूको अध्ययनलाई उद्धृत गर्दै खोपले काम गर्ने आशा व्यक्त गरेको बीबीसीले उल्लेख गरिएको छ ।

साथै, एन्थोनीले अमेरिकी सिनेटरहरूलाई लकडाउन खोल्नेबारे चेतावनीमेत दिएका छन् ।

तत्काल लकडाउन हटाएमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर जाने उनले चेतावनी दिएका हुन् ।

लकडाउनमा छुट दिने निश्चित मापदण्ड तयार नगरे राज्यमा कोरोनाको संक्रमण तीव्र गतीमा फैलिने उनी बताउछँन् । तर, एन्थोनी फौचीको सल्लाह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा फरक छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन लकडाउन खोल्नुपर्ने बताउँदै आएका छन् ।

अमेरिकाका धेरै प्रान्तहरूमा लकडाउन खुकुलो गरिएको छ, ती प्रान्तहरूमा संक्रमणको दर बढ्दो छ ।

एन्थोनीले आगामी सेप्टेम्बरमा कोरोना संक्रमण फेरि बढ्न सक्ने बताएका छन् ।

कोरोना संक्रमणको अर्को चरणमा प्रवेश गर्ने खतरा भएको हुँदा यसको बारेमा धेरै प्रभावकारी रूपमा सोच्नुपर्ने फाउची बताउँछन् ।

कोरोनाको प्रभाव विश्वमा सबैभन्दा धेरै अमेरिकामा परेको छ भने हालसम्म त्यहाँ ८३ हजार बढीको मृत्यु भइसकेको छ ।

Loading...