एक्लोपन हटाउनका लागि गर्नुपर्ने कामहरू

विराटनगर, ३१ वैशाख । कसैलाई माया गर्नु वा कसैको मायामा पर्नु एउटा अनौंठो अनुभूति हो जसले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर दिन्छ ।

तर, केही महिना तथा वर्ष डेट गरेर पनि कोही-कोही मानिसहरूको ब्रेकअप हुने गर्छ । ब्रेकअपका कारण अहिले धेरैमा नैराश्य बढिरहेको देखिन्छ ।

नैराश्यले नै एक्लोपनको समस्या बढाउँदै अन्ततः डिप्रेसनतिर धकेल्ने तथा आत्महत्याको विचार पनि आउने गर्छ ।

एक्लोपन हटाउन आफूलाई सकेसम्म व्यस्त राख्नु सबैभन्दा उत्तम हुन्छ ।

सुरुमा आफ्नो मनपर्ने मान्छे आफूसँग अब नभएको कुरा बुझ्नुपर्छ ।

यस्तो अवस्थामा आफूलाई हानि पुर्‍याउनुभन्दा आफूलाई ध्यान दिन जरुरी हुन्छ ।

दैनिक कामको तालिका बनाएर व्यायाम गर्ने, वरिपरि भइरहेको सामाजिक गतिविधिको भाग लिने गर्नुपर्छ ।

कसैसँग कुरा गर्न वा भेट्न मन लाग्दैन भने घरमै बसेर फिल्म हेर्ने, मोटिभेस्नल भिडियो हेर्ने, किताब पढ्ने वा शपिङ गरेर समय काट्न सकिन्छ ।

प्रेमीले धोका दिएपछि मानिसहरू फेरि सम्बन्धमा विश्वास गर्न असक्षम हुन्छन् ।

यस्तो अवस्थामा हामी आफूलाई एक्लो सोच्न थाल्छौं जुन गलत हो ।

सबै कुरालाई फेरि नयाँ तरिकाले सुरु गर्न सकिन्छ ।

साथीहरूसँग धेरै समय बिताउने, साथी भाइहरूसँग घुम्न जाने गर्नुपर्छ ।

जीवनबाट कोही महत्वपूर्ण मान्छे बाहिर जाँदा हामीलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्छ ।

दिमागले हामीसँग कोही नभएको, हामी एक्लो भएको सोच्न थाल्छ । वास्तवमै एक्लोपनको सिकार हुन नदिनका लागि केही नयाँ सिक्ने बानी बसाल्नु पर्छ ।

युट्युबबाट धेरै नयाँ कुरा सिक्न सकिन्छ । ब्रेकअपले  दिमाग र मुटुमा गहिरो प्रभाव पार्न सक्छ ।

ब्रेकअपललाई पूर्ण रूपले बिर्सन सक्दो प्रयास गर्दा धुम्रपान, मदिरापानलगायतका लागूपदार्थको सेवन गर्नु हुँदैन । 

Loading...