भारतबाट लुकेर विराटनगर आएका युवकमा आरडिटी पोजिटिभ

परिवारको स्वाब संकलन गरिँदै

विराटनगर, ३१ वैशाख । भारतको पटनाबाट फर्किएका एक युवकमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

भारतकाे पटनाबाट लुकेर आएका विराटनगर– ९ का २८ वर्षीय युवकमा आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

आरडीटी पोजिटिभ देखिएका युवक चार दिनअघि भारतको पटनाबाट आएको विराटनगर महानगरपालिका–९ का वडा अध्यक्ष विश्वनाथ भगतले जानकारी दिए ।

‘भारतबाट आएपछि परिवारबाटै जाँच गरिदिन आग्रह गरेका थिए,’ उनले भने, ‘महानगरको टोलीले आरडीटी गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।’

युवकमा आरडिटी पोजिटिभ देखिएपछि परिवारका सदस्यहरूको बुधबार स्वाब संकलन गरिने उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार युवकको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी कोशी अस्पताल पठाइएको छ । रिपोर्ट आउन केही समय लाग्ने उनले बताए ।

Loading...