कतारमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

दोहा, ३१ वैशाख । नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोना भाइरसबाट संक्रमितको संख्या २५ हजार नाघेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार देशमा कोरोना संक्रमितको संख्या २५ हजार १ सय ४९ पुगेको छ ।

मन्त्रालयले मंगलबार मात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ ।

कूल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।

कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि भएकाहरू सबैलाई क्वारेन्टिनमा राखिएको छ ।

कतारमा एक लाख ३४ हजार २९४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ । रासस

Loading...