न्यूजिल्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित भेटिएनन्

एजेन्सी, ३१ वैशाख । न्यूजिल्याण्डमा लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको बुधबार स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रूपमा खुकुलो बनाउन पछिल्लो स्वास्थ्य विवरणले निकै हौसला दिएको बताए ।

न्यूजील्यान्डमा अधिकांश व्यवसाय, मलहरु, खुद्रा पसलहरु तथा रेस्टुराँहरू बुधबार मध्यरातदेखि खुला हुँदैछन् ।

तर सामाजिक दूरीका नियमहरू भने लागू हुनेछन् भने १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्धहरू लगाइनेछ ।

सरकारले बिहीबार वार्षिक बजेट पनि सार्वजनिक गर्दैछ । प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोनाभाइरसका कारण मुलुकले सर्वाधिक ठूलो आर्थिक चुनौतीको सामना गर्नु परेको बताए ।

Loading...