अमेरिकामा अगष्टको सुरुसम्ममा एक लाख ४७ हजार व्यक्तिको ज्यान जाने : अध्ययन

एजेन्सी, ३१ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमणले अगष्टको सुरुसम्म १ लाखभन्दा बढी व्यक्तिको मृत्यु हुने बताइएको छ ।

वाशिङ्गटन विश्वविद्यालयको स्वास्थ्य मेट्रिक्स एण्ड इभेलुएसन विश्वविद्यालय (आईएचएमई) का अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणले एक लाख ४७ हजार बढीको मृत्यु हुने अध्ययनले देखाएको हो ।

यो संख्या संयुक्त राज्यमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्युको आईएचएमई को पहिलो अनुमानभन्दा दस हजार बढी छ ।

आईएचएमईका अन्वेषकहरूले संक्रमण रोक्नको लागि गरेको प्रतिबन्धहरूलाई खुकुलो पार्नु थप खतरनाक हुनसक्ने बताएका छन् ।

हालसम्म अमेरिकामा कोरोना भाइरसले ८३ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ । आईएचएमईको अनुमानबाट अमेरिकामा निरन्तर खतरामा रहेको स्पष्ट गर्न सकिन्छ ।

Loading...