birat ribon

सर्लाहीमा मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

Neuro
सर्लाहीमा मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

सर्लाही, ३१ वैशाख । सर्लाहीमा एक मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना भाईरस सक्रमणको पुष्टि भएको छ ।

cura insider

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पीसीआर प्रविधि परीक्षणमा सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलका ४५ वर्षीय मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना प्ष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

कोरोना संक्रमण देखिएका ती पुरुषको जनकपुरबाट नै स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर प्रविधिमा स्वाब परीक्षण गरिएको थियो ।

प्रादेशिक अस्पतालमा ती व्यक्तिको कोरोना संक्रमण नेगेटिभ आएको थियो ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमार्डौ पठाउँदा कोरोना सक्रमण पोजेटिभ देखिएको प्रजिअ जिसीले बताए ।

कोरोना संक्रमण पुष्टि भएलगतै संक्रमित व्यक्तिको परिवारमा रहेका पाँच जनालाई क्वारेन्टाइनमा राखिएको र उनीहरूको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर जाँचको लागि पठाइने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

सर्लाहीमा नयाँ संक्रमित व्यक्तिको मानसिक सन्तुलन बिग्रिएकोले एक ठाउँबाट अर्को ठाउँमा आउने जाने कार्य गरेको हुदाँ कतै बाट संक्रमित भएको अनुमान गरिएको धनकौलका स्थानीयहरूको अनुमान छ ।

त्यस्तै केही दिन पहिला धनकौल गाउँपालिकामा पनि दिल्लीबाट आएका एक १४ वर्षीय बालकमा कोरोना सक्रमण देखिएको थियो । संक्रमित बालक निको भएर घरसमेत फर्किसकेका छन् ।

हालसम्म दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । दुई जना कोरोना संक्रमित भेटिएसँगै सँगै सर्लाहीवासी यतिबेला त्रसितसमेत भएका छन् ।

jackson ribon