कोरोनाबाट ब्राजिलमा एकै दिन धेरै संख्यामा मृत्यु

एजेन्सी, ३१ वैशाख । ब्राजिलमा कोभिड-१९ बाट एकै दिन ८ सय बढीको मृत्यु भएको छ ।

यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्यामध्ये एक हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या पछिल्लो २४ घण्टामा ८ सय ८१ पुगेको छ ।

कोरोना भाइरसबाट हालसम्म ब्राजिलमा एक लाख ७८ हजार २ सय ५४ भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने १२ हजार ४ सय ६१ को मृत्यु भइसकेको छ ।

विज्ञहरूले ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन् । त्यहाँ आगामी केही हप्तामा सङ्क्रमण उत्कर्षमा पुग्ने संकेत देखिएको छ ।

Loading...