शारीरिक सम्पर्कमा पिडा हुने चार कारण

विराटनगर, ३० बैशाख । खास गरी महिलाहरुलाई यौन सम्पर्क गर्दा पिडा अर्थात दुखाई हुने गर्छ ।

सबै कुरा ठिक भएपनि सेक्सका क्रममा पिडा किन हुन्छ भन्ने प्रश्नको जवाफका लागि विभिन्न समस्याहरु छन् कि बुझ्नु पर्छ ।

गर्भाशयको उल्टिएमा यस्तो समस्या हुन सक्छ । यस्तो भएको भए शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । शल्यक्रिया पछि भने यो समस्या समाधान हुन्छ ।

यस्तै यौन संक्रमण भएमा समेत सेक्सको दौरान पिडा हुन सक्छ । धेरै जसो यौन संक्रमण चाडै सर्ने खालका हुने हुँदा यस्तो भएको हो भन्ने शंका भए यौन रोग विशेषज्ञलाई देखाउन उत्तम हुन्छ ।


यस्तै गरी योनीमा हुने एक किसिमको तरल पदार्थ उत्पादन हुन छोडेमा वा कम बन्न थालेमा समेत यौन सम्पर्कको क्रममा पिडा हुन्छ ।

धेरै थाकेको वा तनाव भएको अवस्थामा यस्तो तरल पदार्थ उत्पादन हुन गाह्रो हुन्छ । बजारमा अहिले ल्युब्रिकेन्ट अथवा जेली नाममा कृतिम तरल पदार्थ पाइन्छ ।

यसको उपयोग गरेमा समेत राहत हुन्छ ।

तर सबै अवस्था सामान्य भएपनि महिलाहरुलाई थकान तथा तनाव भएमा भने सेक्स पिडादायी बन्ने गर्छ ।

त्यसैले हतारमा वा जुनसुकै बेला सेक्स गर्न खोज्नु भन्दा पहिले रिल्याक्स फिल गरेपछि यौन सम्पर्क गर्नु राम्रो हुन्छ ।

Loading...