रुसमा फेरि थपियो १० हजार बढी संक्रमित

एजेन्सी, ३० वैशाख । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण केही दिनयता रुसमा संक्रमितको संख्या तीब्र रूपमा बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार बढीमा संक्रमण देखा परेसँगै रुस अहिले कोरोना प्रभावितको सूचिमा तेस्रो नम्बरमा रहेको छ ।

हाल विश्वको तेस्रो धेरै कोरोना प्रभावित मुलुक बन्दै गरेको रुसमा अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार रुसमा पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ संक्रमितहरू रेकर्ड गरिएको छ । एक सातादेखि रुसमा लगातार १० हजार बढी संक्रमितहरू रेकर्ड भइरहेका छन् ।

आज नयाँ संक्रमित थपिएसँगै रुसमा २ लाख ३२ हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

रुसमा नयाँ सङ्क्रमितको सङख्या बढ्ने क्रम अझै जारी नै रहेको देखिन्छ ।

ती संक्रमितमध्ये आज मात्र १ सय ७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ हजार १ सय १६ पुगेको छ भने ४३ हजार ५ सय १२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Loading...