सलमानको ‘तेरे बिना’को सार्वजनिक (भिडियोसहित)

विराटनगर, ३० वैशाख । बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नान्डीजको नयाँ गीत ‘तेरे बिना’को भिडियो सार्वजनिक भएको छ ।

गीतलाई सलमान आफैंले आफ्नो आधिकारिक युट्युब च्यानेलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतलाई सलमान आफैंले गाएका हुन् ।

सब्बिर अहमदको शब्द रहेको गीतमा अजय भाटियाको संगीत र आदित्य देवको संगीत संयोजन रहेको छ ।

रोमान्टिक गीतको सम्पूर्ण छायांकन सलमानको पनवेल फार्महाउसमा गरिएको हो ।

सलमानले आफैं निर्देशन गरेको भिडियोको छायांकन र कोरियोग्राफी साजन सिंहले गरेका छन् भने गीतलाई रितेश सोनी सम्पादक हुन् ।

Loading...