Rumpum Advertisement

तनाव कम गर्नुका साथै अन्य फाइदाको लागि चिकेन

Neuro Revised Adv
Koshi Dashain ad
तनाव कम गर्नुका साथै अन्य फाइदाको लागि चिकेन

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको कारण, पछिल्लो धेरै दिनदेखि कुखुरा मासु (चिकेन) को सेवन गर्न मान्छेहरू डराइरहेका छन् ।

चिकेनको सेवनले कोरोना भाइरस फैलिन सक्ने डर रहेपनि चिकेन खानाले कोरोना भाइरस फैलिनसक्ने कुराको पुस्टि भएको छैन ।

चिकेनको सेवनले शरीरमा धेरै फाइदाहरू गर्छन् । चिकेनको कुनै पनि परिकार पकाउनुअघि यसलाई राम्ररी सफा गर्नुपर्छ ।

चिकेनमा प्रोटिनको एक राम्रो स्रोत हुन्छ । शरीरको विभिन्न कार्यहरूको सुचारु रूपले कार्य गर्नका लागि पर्याप्त मात्रामा प्रोटिन चाहिन्छ । चिकेन खानुका केही फाइदाहरू :

तनाव हटाउन मद्दत गर्छ : घर वा कार्यालयमा निरन्तर काम गर्दा धेरै प्रकारका समस्याहरूको सामना गर्नुपर्छ र तनाव उत्पन्न हुन्छ । तनाव धेरै हानिकारक हुन सक्छ । चिकेनमा पाइने ट्रिपटोफनले धेरै तनाव कम गर्न मद्दत गर्छ ।

मेटाबोलिज्मलाई सुधार्छ : चिकेनमा भिटामिन-बी पाइन्छ, जसले मेटाबोलिक गतिविधिलाई पनि ठूलो हदसम्म सुधार गर्छ । मेटाबोलिज्ममा सुधार आए पाचन प्रणालीलाई पनि सक्रिय बनाएर धेरै पेटसम्बन्धी रोगहरूबाट जोगाउन मद्दत गर्छ । मेटाबोलिज्ममा सुधार ल्याउन नियमित रूपमा चिकेनको सेवन गर्नुपर्छ ।

बडीबिलडरहरूको लागि फाइदाजनक : ठिक्क मात्रामा चिकेनको सेवनले शरीरमा मांसपेशी निर्माणमा धेरै मद्दत गर्छ ।

प्रतिरक्षा शक्ति बढाउँछ : चिकेनको सेवन गर्नेहरूमा प्रतिरोधात्मक क्षमता अझ प्रबल हुन सक्छ । कुखुरामा इम्यूनोमोडुलेटरी गुणहरू हुन्छन् । जसकारण नियमित रूपमा चिकेनको सेवनलेप्रतिरोध क्षमतालाई अझ मजबुत बनाउन सक्छ ।

कोलेस्ट्रोल घटाउछ : शरीरमा कोलेस्ट्रोलको मात्रा बढे धेरै प्रकारका स्वास्थ्य जोखिमहरू निम्तिन सक्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न चिकेनले धेरै मद्दत पुर्‍याउन सक्छ । कुखुरामा कोलेस्ट्रोल-ब्यालेन्सिंग गुणहरू र नियासिनले पनि कोलेस्ट्रोल कम गर्न सक्रियता साथ काम गर्छ ।