निर्मला पन्तको कथामा आधारित ‘कोपिला’ डिसहोममार्फत रिलिज

विराटनगर, ३० वैशाख । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित फिल्म ‘कोपिला’ डिसहोममार्फत रिलज हुने भएको छ ।

dsaf

कोरोना भाईरसका कारण फिल्म हलहरू बन्द भएका कारण हलमा रिलीज नभएपनि डिसहोममार्फत फिल्म रिलीज हुन लागेको हो ।

आजबाट च्यानल नम्बर १०८ मार्फत हेर्न सकिने उक्त फिल्म दैनिक ८ शो प्रदर्शन हुन लागेको बताइएको छ ।

फिल्म प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व.पन्तको परिवारलाई प्रदान गरिने छ ।

यसअघि हेटौंडामा भएको विशेष शोमार्फत आएको रकमबाट स्व. निर्मला पन्तको परिवारलाई ५० हजार सहयोग गरीसकेको निर्माता मणिराज गौतमले बताएका छन् ।

फिल्ममा निर्मला पन्तको हत्या र हत्यारा पत्ता लगाउने क्रममा भएको राजनैतिक खेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक असरलाई प्रस्ट रूपमा देखाएको छ ।

बालिकाको बलात्कारपछिको हत्या र त्यसपछि उत्पन्न भएको परिस्थिति, परिवारमा भएको पीडा वरिपरि फिल्म घुमेको बुझिन्छ ।

फिल्ममा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, सञ्जीवनी खरेललगायतका कलाकारको अभिनय रहेको छ ।

रामेश्वर कार्कीको छायाङ्कनमा तयार भएको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

Loading...