बर्दियाकी संक्रमित बालिका अझै क्वारेन्टाइनमा

बर्दिया, ३० वैशाख । बर्दियाकी संक्रमितलाई अझै क्वारेन्टाइनमै राखिएको छ ।

बर्दियाको राजापुर नगरपालिका–५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा पठाइएको छैन ।

बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ ।

संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संक्रमित बालिकालाई कोरोना अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए । रासस

Loading...