देशको हरेक इन्च मुटुभन्दा प्यारो छ : रेखा थापा

विराटनगर, ३० वैशाख । कलाकारिता क्षेत्र सक्रीय रहेकी नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापा राष्ट्र र राष्ट्रियताको विषयका साथै महिलावादी विषयमा आवाज उठाउँदै आएकी छन् ।

Rekha thapa

हालै, भारतले सीमा मिचेर लिपुलेकमा सडक निर्माण गरेको विषयमा रेखाले आवाज उठाएकी छन् ।

हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटुभन्दा प्यारो रहेको र देश संकटमा रहेको एक हुनुपर्ने भन्दै रेखाले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

‘देशको सीमा अतिक्रमण भएको बेला जनता एकजुट हुनु पर्दछ । देशका राजनीतिक शक्ति एकजुट हुनु पर्दछ । जुनसुकै मुल्यमा आफ्नो सीमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो । कुनै पनि प्रकारको आत्मसमर्पण अक्षम्य हुनेछ । हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटुभन्दा प्यारो छ । राष्ट्रियता कसैलाई सरकारमा पुर्‍याउने भर्‍याङ् होइन, कसैको राजनीतिको भजन होइन ।’

यसैगरी रेखाले यस्तो बेला लिने अडानले देखाउँछ क-कस्को दावी खोक्रो छ ? कस्को अडान देशभक्तिले भरिएको छ ? भनेर प्रश्नसमेत उठाएकी छन् ।

Loading...