birat ribon

प्रतिनिधिसभा बैठक : सीमा समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण

Neuro
प्रतिनिधिसभा बैठक : सीमा समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौं, ३० वैशाख । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छिमेकी मुलुकले सीमाना मिचेर नेपालको स्वाभिमानमा चोट पुर्‍याएको भन्दै यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूले भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको, नेपालको सीमाक्षेत्र समेट्नेगरी नक्सा सार्वजनिक गर्दासमेत सरकारले समयमा समस्या समाधान गर्न ध्यान नदिएका कारण समस्या बढ्दै गएको बताए ।

cura insider

सांसदहरूले सरकारको संविधानले कोरोनाका कारण मानिसको मृत्यु नभएपनि पछिल्ला दिनहरूमा कोरोनाको संक्रमण बढ्दै गएकाले उच्च सावधानी अपनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

कोरोना महामारी बढेसँगै बिभिन्न देशमा अलपत्र परेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई स्वेश फर्काउन र प्रभावकारी व्यवस्थापन गर्न माग गरे ।

भारतबाट लुकिछिपी असुरक्षित रुपमा आएका व्यक्तिहरूका कारण कोरोनाको संक्रमण फैलिरहेको कारण सीमानामा कडाई गर्न सांसदहरूले मागसमेत गरे ।

jackson ribon