birat ribon

‘रियलमा रोनाल्डोको अभाव एम्बाप्पेले पूरा गर्छन्’

Neuro
‘रियलमा रोनाल्डोको अभाव एम्बाप्पेले पूरा गर्छन्’

एजेन्सी, ३० वैशाख । इटालियन लिजेन्ड फाबियो कान्नाभारोले रियल मड्रिडलाई किलियन एम्बाप्पेको आवश्यकता रहेको बताएका छन् ।

cura insider

चिनियाँ क्लब घान्जाउका प्रशिक्षकसमेत रहेका कान्नाभारोले स्पेनिस मिडिया ‘एएस’सँगको अन्तर्वार्तामा रियललाई फ्रेन्च स्टार एम्बाप्पेको आवश्यकता रहेको बताएका हुन् ।

कान्नभारो रियलका पूर्वखेलाडी पनि हुन् । उनले सन् २००६ देखि २००९ सम्म स्पेनमा रहेर खेलेका थिए । त्यसबाहेक युभेन्टसबाट पनि खेलेका कान्नाभारोले रियलसँग जोडिएका एम्बाप्पेको विषयमा बोलेका हुन् ।

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिरहेका उनले रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको पाइला चाल्नसक्ने कान्नाभारोको भनाइ छ ।

‘रियल मड्रिडलाई एम्बाप्पेजस्ता खेलाडीको आवश्यकता छ । जसले रोनाल्डोको पद्चाप पछ्याउन सक्छ । रियलले उनलाई अनुबन्ध गर्न खोज्नु सामान्य हो । तर, रियललाई एम्बाप्पे भित्र्याउ त्यति सहज भने छैन । किनकी पीएसजीका मालिकलाई पैसा चाहिएको छैन । उनीहरूको लक्ष्य च्याम्पियन्स लिग जित्नु हो । उनले भनेका छन् ।

jackson ribon