नाकामा अलपत्र नेपालीहरुको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाण्डौ , ३० बैसाख । भारतीय सिमा नाकामा अलपत्र परेका नेपालीहरुको तुरुन्त उद्धार गरि स्वास्थ्य परीक्षण गराएर क्वारेन्टाइमा राख्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

मंगलबार आयोगका प्रबक्त्ता तथा सचिव बेद भट्टराईले विज्ञप्ती जारी गर्दै अझै पनि सिमा नाकाको क्वारेन्टाइनमा ६ हप्तादेखी नेपालीहरु अलपत्र अवस्थामा बसिरहेकोले उनिहरुलाई नेपाल भित्रयाएर स्वास्थ्य परीक्षण गराई स्वदेशमै क्वारेन्टाइनमा राख्न नेपाल सरकारसँग आग्रह गरेका हुन ।

आयोगका अनुसार भारतमा रोजगारीकालागि गएका नेपालीहरु लकडाउनले गर्दा सिमा नाकाहरुमै अलपत्र परेका हुन । उनिहरुलाई ६ हप्ता बितिसक्दा पनि नेपालले फर्कन दिएको छैन ।

भारतीय सुरक्षाकर्मीले घर जाओ भनेर केहीलाई दशगजामा अलपत्र छाडिदिएका छन । केही चाँही अझै भारतीय क्वारेन्टाइनमा बसिरहन बाध्य छन ।

सिमा नाकामा अलपत्र परेका नेपालीहरुलाई बैध रुपले नेपाल आउन नदिँदा लुकिछिपी नेपाल आएर लुकेर बस्नेहरुले झन कोरोना सक्रमणको जोखिम बढाएका छन ।

यसैले संबिधानको धारा १६,१७ र १८ को हक अन्तराष्ट्रिय महासन्धि १९६६ ,सर्बोच्च अदालतको आदेश अनि संबिधानको धारा ५२ को मौलिक हकलाई पालना गर्न आवश्यक भएको मानव अधिकार आयोगले सरकारलाई भनेको छ ।

आयोगका प्रबक्त्ता तथा सचिव बेद भट्टराई भन्छन , ‘नागरिक हक तथा मौलिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो ।’,

Loading...