नेपालगञ्जमा भेटिएका सबै संक्रमितको अवस्था सामान्य, पहिलो संक्रमितको पूनःपरीक्षण रिपोर्ट पोजेटिभ

कोहलपुर, ३० बैशाख । बाँके जिल्लाका पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय पहिलो संक्रमित मुस्लिम धर्म गुरूको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ देखिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए ।

पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा पारस खड्काले जानकारी दिए । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ । रासस

Loading...