birat ribon

भुल्केमा भेटिएका ३२ संक्रमित मध्ये पाँचजना एकै परिवारका

Neuro
भुल्केमा भेटिएका ३२ संक्रमित मध्ये पाँचजना एकै परिवारका

उदयपुर, ३० बैशाख । कोरोनाको केन्द्र बिन्दु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा एकै परिवारका पाँचजनामा संक्रमण देखिएको छ । भुल्केमा जम्मा ३२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये ५ जना एउटै परिवारका हुन ।

cura insider

५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

पहिलो चरणमा २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित भएका थिए ।

गत शनिबार थप चार जनामा पुनः कोरोना सङ्क्रमण देखिएको थियो । चारमध्ये दुई जना यस अघि तीनजना संक्रमित भेटिएकाे घरका रहेकाे स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केको ५५ घर मुस्लिम परिवारमध्ये दुई–तीन घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ ।

हालसम्ममा भुल्केमा ३२ सङ्क्रमितमध्ये १२ भारतीय नागरिक छन । संक्रमित मध्ये १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

मुस्लिम परिवार र ३०० घर अन्य समुदाय रहेको भुल्केमा मुस्लिम समुदाय बाहेक अन्यमा कोरोना सङ्क्रमण नदेखिएका कार्यालयले जनाएको छ ।रासस

jackson ribon