birat ribon

आँखाबाट पनि सर्न सक्छ कोरोना !

Neuro
आँखाबाट पनि सर्न सक्छ कोरोना !

विराटनगर, ३० बैशाख । नयाँ अनुसन्धानले कोरोना भाइरस आँखामार्फत पनि सर्न सकिने देखाएको छ ।

नयाँ अध्ययनले एसीई–२ प्रोटिनद्धारा आँखामार्फत पनि यो भाइरस सर्नसक्ने देखाएको हो ।

cura insider

पूर्ण अनुसन्धान बाँकी नै रहेको यस अध्ययन बायोक्सरिभ रपोसिटरीमा प्रकाशित छ ।

यस अध्ययनले ओकुलर सेल संक्रमणको जोखिममा रहेको देखाउँछ, जसमा आँखाको कन्जङक्टिभा पनि पर्छ ।

अनुसन्धानकर्ताहरुले कोभीड–१९ बाहेक अन्य कारणले मृत्यु भएका व्यक्तिको आँखाको पोस्ट मार्टम हेरेका थिए र उनीहरुले त्यहाँ एसीई–२ प्रोटिन र टिएमपिआरएसएस २ भेटे ।

उनीहरुले संक्रमण फैलनबाट रोक्नका लागि समुदायले सुरक्षित अभ्यास गर्नुपर्ने (सफा रहनुपर्ने, मास्क प्रयोग गर्नुपर्ने) र आँखाको क्षेत्रमा काम गर्ने चिकित्सक वा स्वास्थकर्मीले अतिरिक्त सतर्कता अपनाउन जरुरी रहेको जनाएका छन् ।

jackson ribon