विराटनगर, ३० वैशाख । भारतमा कोरोना भाइरसका कारण संक्रमित र मृतकको संख्या बढ्दै गएको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार भारतमा हालसम्म २ हजार २९४ जनाको मृत्यु भएको छ ।
सोमबारमात्रै भारतमा कोरोनाका कारण ८२ जनाभन्दा बढीको मृत्यु भएको छ ।
सोमबारमात्रै झण्डै ३ हजार ६०० भन्दा बढी संक्रमित फेला परेका छन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७० हजार नाघेको छ ।
संक्रमितमध्ये २२ हजारभन्दा बढी निको भएर घर फर्किका छन् ।
कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो ।