birat ribon

कालापानी नजिक पुग्यो सशस्त्र

Neuro
कालापानी नजिक पुग्यो सशस्त्र

दार्चुला, ३० बैशाख । भारतले नेपाली भूमि अतिक्रमण गरेको स्थान नजिकै सशस्त्र प्रहरी पुगेको छ ।

cura insider

सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने तयारी गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षांैदेखि सरकारको उपस्थिति शून्य थियो ।

नेपाली सुरक्षाकर्मी बस्न लागेको ठाउँ । तस्वीरः राजेन्द्र सिंह साउद/एपीएफ

कालापानी नजिकै बीओपी स्थापना गर्ने निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन ।

व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए ।

उनले भने, ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायत व्यवस्थापन भइसकेको छ।’

सशस्त्र प्रहरीको बीओपी तत्काल गाउँपालिका–१ छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति बिष्टले बताए ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव बेचबिखनलगायत गतिविधि पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्ने उनको भनाइ छ ।

सो क्षेत्रमा नेपाल प्रहरी चौकी छ तर ६ महिना मात्रै उनीहरू त्यहाँ बस्ने गरेका छन् ।

नेपाल प्रहरीले सीमा सुरक्षाको काम गर्दैन ।

jackson ribon