सेयर कारोबार आजदेखि खुल्ने

विराटनगर, ३० बैशाख । सेयर बजारमा मंगलबार (आज)देखि कारोबार हुने भएको छ ।

लकडाउनका कारण लामो समयसम्म बन्द रहेको सेयर बजार लकडाउन खुकुलो भएपछि खुलेको हो ।

धितोपत्र बजारमा सेयरको खरिद बिक्री मंगलबादेखि हुने भएपछि बजारसँग सम्बद्ध संस्थाहरू भने आइतबारदेखि नै खुलेका थिए ।

बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रणको संयन्त्र बनाएर नयाँ व्यवस्थासहित मंगलबारदेखि सेयर कारोबार हुनेछ ।

आइतबार र सोमबार आवश्यक तयारी गरी मंगलबारदेखि सेयर कारोबार खुलाउने अर्थात मेरो सेयरमा नजोडिएका लगानीकर्तालाई मेरो सेयरमा आवद्ध हुन तथा कनेक्स आइपिएसमा आवद्ध हुनका लागि समय उपलब्ध गराएको हो ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई आगामी आइतबारदेखि कार्यालय तथा मंगलबारदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा कारोबार संचालन गर्न निर्देशन दिएको थियो ।

Loading...