विराटनगर, ३० बैशाख । नेपालबाटनै सगरमाथा मापनको काम पूरा भएको छ ।
नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ ।
झन्डै दुई वर्षअघि देखि यो काम सुरु गरिएको थियो ।
विभागले एक अन्तराष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो ।
तर, लकडाउनका कारण अन्तराष्ट्रिय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए ।
विभागले सन् २०१७ डिसेम्बरमा अन्तराष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो ।
सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।